संविधान दिवसका सबै कार्यक्रममा विशिष्ट पदाधिकारी उपस्थित नहुने

<span class='c1'>संविधान दिवसका सबै कार्यक्रममा</span> <span class='c2'>विशिष्ट पदाधिकारी उपस्थित नहुने</span>

प्रबिन दाहाल

काठमाण्डौ , असोज ३ ,

सरकारले संविधान दिवस हिजो आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी नहुने बुझिएको छ । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् ।
संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुन देखिएको छ ।
प्रचण्ड ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन ।
यसैगरि सभामुख ओनसरी घर्ती समेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा सहभागि नहुने देखिएको छ ।
राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी हुन श्रोत ले बताएको छ ।
संविधान दिवसका अवसरमा संसद् सचिवालयले हिजो विशेष कार्यक्रमको आयोजना गर्यो । संविधान घोषणा भएको दिनको अघिल्लो दिन हिजो संसद् सचिवालयले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा करिब २५ सय मानिसलाई निमन्त्रणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्