रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

<span class='c1'>रुसी सेनामा भर्ना भएका थप</span> <span class='c2'>७ जना नेपालीको मृत्यु</span>

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर शाही, झापाका गङ्गाराम अधिकारी, बाग्लुङ्गका जितबहादुर विक, बाँकेका सञ्जय के.सी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउनका लागि सरकारले उच्च प्राथमिकता साथ कूटनीतिक पहल जारी राखेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।

साथै ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्