नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

<span class='c1'>नेपाली राष्ट्रिय क्रिकेट</span> <span class='c2'>टिम स्वदेश फिर्ता</span>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

हङकङमा भएको त्रिकोणात्मक टी-२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो । समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो ।

काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।
आइसीसी टी-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी-२० खेल्ने छ । आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्