दुबई पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

<span class='c1'>दुबई पठाइदिने भन्दै ठगी</span> <span class='c2'>गर्ने व्यक्ति पक्राउ</span>

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तनहुँको बन्दीपुर नगरपालिका-५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक-पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।

त्यसपछि उनी फरार भएका थिए । कुमालले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भण्डारीले बिहीबार पक्राउ गरेको हो । उनलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्