सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै गठबन्धन कार्यदल

<span class='c1'>सरकारको ‘साझा न्यूनतम कार्यक्रम’</span> <span class='c2'>टुंग्याउँदै गठबन्धन कार्यदल</span>

काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ ।

कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ ।

कार्यदलले साझान्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । उनका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो । तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन । त्यही मस्यौदामाथि शुक्रबार विहान ९ बजे अर्थमन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले बताए ।

कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएलगत्तै शीर्ष तहमा नेताहरुले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्