गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-जयन्ता खत्री सुधा
त्यसकारण पनि मैले यस्लाई धेरै जतन गरेको
यो बिर्सनेको तस्बिर हो सम्झाउने वजन गरेको

त्यो फुलको जिन्दगी लुछेर ढुङ्गाको चरण ढोग्न जान्छौं
तिमीले सुहाउँदैन यसरी धर्मको वर्णन गरेको

तिमी झैँ सँधै घुर्क्याइरहन्छ_ थर्काइरहन्छ मलाई
कोही छ आमा ठ्याक्कै याहाँ तिम्रै जस्तो मन गरेको

यो युग पनि देवकोटाको काव्य भन्दा फरक छैन
एउटा मुना ल्याउनुहोस् त याहाँ सँगै मदन गरेको

माया पिरती भन्ने चिज के राखेर बनाईएको हुन्छ ?
अरे! अरु कसैको लागि पनि के सारो जलन गरेको ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्