स्क्रब टाइफसको संक्रमण ३२ जिल्लामा फैलियो

<span class='c1'>स्क्रब टाइफसको संक्रमण</span> <span class='c2'>३२ जिल्लामा फैलियो</span>

गत वर्षदेखि नेपालमा देखिएको नयाँ रोग स्क्रब टाइफसको संक्रमण ३२ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३२ जिल्लामा २ सय २२ जना स्क्रब टाइफसका बिरामी देखा परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ । स्क्रब टाइफस सजिलै पत्ता लाग्दैन । चिकित्सहरूका अनुसार यो सामान्य रोग हो, तर उपचारमा ढिलाइ भए बिरामीको मृत्युसमेत हुन सक्छ । सामान्य अवस्थामा अस्पताल पुगिहाले सजिलै निको हुने यो रोगको उपचारमा ढिलाइ गरे ज्यानै जान सक्छ । इपिडामियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोगको संक्रमण बढ्दै गएकाले नियन्त्रणका लागि प्रयास जारी रहेको बताएको छ ।
स्क्रब टाइफस एक प्रकारको ज्वरोजन्य रोग हो । सामान्यतया जंगली झाडी र खुला ठाउँको बीचको भू–भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस रहन गएको हो । यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा (माइट)को टोकाइबाट फैलिन्छ । चिकित्सकहरूका अनुसार यो रोगको संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिमिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । ३२ जिल्ला मा देखिएको यो रोग का संक्रमित सबै भन्दा बढी चितवन जिल्ला मा देखिएका छन
रोगले संक्रमित व्यक्तिमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको संक्रमण हुने, काछमा गिर्खा आउने जस्ता लक्षणहरू देखिन सक्छ । मांशपेशी र पेटको दुखाइको अनुभव हुन्छ । यसको यकिन गर्न प्रयोगशालामा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा कल्चर गरेर समेत यो किटाणुको पहिचान गर्न सकिन्छ ।
एन्टिबायोटिक प्रयोग गर्न थालिएको केही दिनमा नै बिरामीको स्वास्थ्यमा सकारात्मक सुधारका लक्षण देखा पर्न थाल्छन् । त्यसैले उच्च ज्वोरो आएको छ भने स्वास्थ्य संस्था मा जांच गरेर चिकित्सकको सल्लाह बमोजिम नै औषधि सेवन गरेर संयमित हुन सके मात्र यस्ता सम्भावित रोग बाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्