भारतको उत्तरप्रदेशबाट विराटनगरमा बदाम व्यापार गर्न आउँछन् आलम

<span class='c1'>भारतको उत्तरप्रदेशबाट विराटनगरमा बदाम</span> <span class='c2'>व्यापार गर्न आउँछन् आलम</span>

इन्दु साह
विराटनगर । विराटनगर ३ स्थित नेता चौकमा एक भारतीय नागरिकले दैनिक बदामको व्यापार गरेर जीविकोपार्जन गरिरहेका छन्। ३१ वर्षीय मोहम्मद आलम उत्तर प्रदेशबाट आएर यहाँ व्यापार गर्दै आएका हुन्।

आलमले दैनिक बिहान ९ बजेदेखि राति ८ बजेसम्म आफ्नो व्यवसाय सञ्चालन गर्छन्। उनले राजस्थानबाट कच्चा बदाम ल्याएर नेता चौकको खुला स्थानमा चुलो बनाई भुटेर बिक्री गर्ने गर्छन्। दैनिक १० देखि १५ किलोसम्म बदाम बिक्री हुने गरेको बताए ।

प्रतिकिलो ३८० रुपैयाँमा बिक्री गर्ने गरेका आलमले दैनिक ३ देखि ४ हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेका छन् । यसरी कमाएको पैसा उनले भारतमा रहेको आफ्नो परिवारलाई पठाउने गर्छन्। विगत केही वर्षदेखि यही व्यवसाय गर्दै आएका आलम आफ्नो भाइसँग विराटनगरमा कोठा भाडामा बस्दै आएका छन्। यस व्यवसायले उनको र उनको परिवारको जीविकोपार्जनमा सहयोग पुर्‍याएको छ ।

चिसो बढेसंगै उनको व्यापार पनि फस्टाउने गरेको बताउँछन् । विराटनगरमा पनि केहि दिनदेखि चिसो बढिरहेको छ । यस्तोमा मानिसले बदाम बढि खान रुचाउछन् । चिसोमा भुटेको बदाम घाममा बसेर साथि भाई तथा सपरिवार संग खान नागरीकले रुचाउछन् । चिसोमा बदाम खानु स्वास्थ्यकोलागि थप फाईदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्