गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानबिन होस् : गगन थापा

<span class='c1'>गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानबिन</span> <span class='c2'>होस् : गगन थापा</span>

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसहित सहकारी सञ्चालकमाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे ।

महामन्त्री थापाले सहकारीमा हजारौं नागरिकले जम्मा गरेको अर्बौं पैसा अपचलन गर्ने सञ्चालकलाई कानूनी कारबाही गर्न ढिला गर्न नहुने बताए ।
उनले जिबी राईले सञ्चालन गरेको ग्यालेक्सी टिभीमा गृहमन्त्री सहभागी भएको र एक करोड रुपैयाँ लामिछानेले सहकारीबाट निकालेको दृष्टान्त सुनाउँदै सहकारीको अपचलन गरेको व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी सूर्यदर्शन, साहारालगायतका पीडितले न्याय नपाउने शंका लागेको बताए ।
उनले हजारौं नागरिकको अर्बौं रुपैयाँ अपचलन गर्नेलाई सरकारले निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन भन्दै प्रश्न गरे ।
‘जीबी राईलगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल पुर्याइएको छ । यो समूहले हजारौं नागरिकको अर्बौं रुपैयाँ अपचलन गरेको छ । त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैंले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ । यसलाई राम्रोसँग अनुसन्धान गर्न जरुरी छ ।’

प्रहरीले गरेको अनुसन्धानबारे तत्कालिन प्रतिपक्षले अडान लिएर आयोग गठन नगरेको भए सुन प्रकरणमा ठूला नेता उम्काइने खेल भएको जस्तै सहकारी प्रकरणमा पनि आरोप लागेकै व्यक्ति गृहको नेतृत्वमा रहेकाले निष्पक्ष छानबिन र कारबाही हुनेमा कांग्रेस विश्वस्त नरहेको बताए ।
उनले प्रधानमन्त्रीलाई अनुसन्धानबारे प्रश्न गर्दै भने, ‘सहकारी ठगी प्रकरण अनुसन्धानको विषय बन्छ कि बन्दैन ? हाम्रो प्रधानमन्त्रीलाई प्रश्न यही हो ।’ उनले थपे, ‘हाम्रो प्रश्नको अनुसन्धान कसले गर्छ ?’

कांग्रेसले सुन प्रकरणमा एमालेकै कारण आयोगको गठन भएको भन्दै एमालेले प्रतिपक्षमा बसेर खेलेको भूमिकाको गगनले प्रसंशा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्