हात्तीको आक्रमणमा परेर सुन्दरहरैंचामा दुईजना घाइते

<span class='c1'>हात्तीको आक्रमणमा परेर</span> <span class='c2'>सुन्दरहरैंचामा दुईजना घाइते</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । आइतबार साँझ ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष रायलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालकाअनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको हो । हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । जंगली हात्तीको १५–२० वटाको संख्यामा रहेको स्थानीयले दावी गरेका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्