स्ववियुले राष्ट्रिय खेलाडीलाई परीक्षामा नयाँ व्यवस्था मिलाउने

<span class='c1'>स्ववियुले राष्ट्रिय खेलाडीलाई परीक्षामा</span> <span class='c2'>नयाँ व्यवस्था मिलाउने</span>

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ ।

सोमबार स्ववियुले निर्वाचनको एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्यामराज ओझाले अबको एक वर्षभित्रमा राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने गरी निणर्य गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘अब एक वर्षभित्रमा खेलकुद अन्तर्गत हामीले एउटा नीतिगत निणर्य खेलकुद क्षेत्रको लागि गर्दै छौं । राष्ट्रिय स्तरका खेलकुद खेलाडी साथिहरुको लागि त्रिविमा सेमेस्टर लागु भएपछि अनिवार्य रुपमा ८० प्रतिशत विद्यार्थी कक्षा कोठामा हुनुपर्छ । तर राष्ट्रिय स्तरका खेलाडीहरूलाई ८० प्रतिशत उपयुक्त हुँदैन । त्यसैले उहाँहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भए पनि परीक्षा दिन पाउनुपर्छ भनेर नीतिगत रुपमा नै निणर्य गराउने लक्ष्य राखेका छौं ।’

उनले, केन्द्रीय पुस्तकालय हप्तामा ७ दिन नै खुल्ला राख्ने ,विद्यार्थी भर्नासँगै होस्टेल व्यवस्थापन गरी व्यवस्था मिलाउने , त्रिवि फेस्टिभल आयोजना गरी त्यसभित्र स्पोर्ट्स विक आयोजना गर्ने, विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पूणर् कार्यान्वयन गराउनले, पनिका ८ महिना भित्र पूणर् रुपमा स्वचालित गर्ने लगायतका आगामी कार्ययोजना स्ववियुले बनाएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्