विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव

<span class='c1'>विश्व बजारलाई लक्षित गरी</span> <span class='c2'>फिल्म बनाउन सुझाव</span>

काठमाडौं । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् ।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिन फिले सो कुरा बताएका हुन् । चाइनिज फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपालमा राम्रा सिनेमा बन्ने गरेको र यसलाई विश्व बजारसँग परिचित गराउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘म पहिलो पटक २०१५ नेपाल आएको थिएँ । त्यतिबेलै पहिलो पटक फिल्म हेर्ने अवसर पाएँ । नेपाली फिल्म उद्योग राम्रो हुँदैछ । अहिले इन्टरनेटबाट सबैले सबै ठाउँको फिल्म हेर्न सक्छन् । यस्तोमा राम्रो फिल्म बनाएर अन्तर्राष्ट्रिय स्तरका राम्रा पुरस्कार पायो भने दर्शक आकर्षित हुन्छन् ।’
यसको साथै फिल्ममार्फत विभिन्न समूदायका सांस्कृतिक पाटोहरु उजागर गर्दा त्यसले संस्कृतिमा पनि टेवा पु¥याउने र फिल्मबाटै फरक फरक ठाउँको संस्कृतिका बारेमा थाहा पाउन सकिने भएकाले त्यसमा सर्जकले विचार गर्नुपर्ने उनले जनाए । चाइनिज फिल्म उद्योगले विश्व बजारमा आफ्नो स्थान बनाउन सफल भएको प्रसंग जोड्दै उनले चाइनिज फिल्म विश्वमा भेनिस, बर्लिन, कान्स जस्ता महोत्सवमा उपस्थिति जनाएपछि मात्रै परिचित भएको बताए ।
सन १९८६ मा उनको फिल्म अगर्ल फ्रम हुनान कान्स लगायत युरोपका विभिन्न फेस्टिभलमा प्रदर्शन भएको थियो भने अमेरिकामा व्यवसायिक रुपमा प्रदर्शन भएको थियो । त्यस्तै उनको निर्देशनमा १९९० मा बनेको ब्ल्याक स्नो र १९९३ को वुमन सेसेम ओइल मेकरले ४० औँ र ४३ औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अर्वाड जितेको थियो ।

नेपाली फिल्म उद्योगका लागि चीन पनि एउटा बजार हुनसक्ने सम्भावना रहेको भन्दै नेपालको उत्तरी भाग तिब्बतसँग जोडिएकाले कथावस्तु तथा एउटा देशको फिल्म उद्योगले अर्को देशमा छायांकन अभ्यास पनि लाभदायक हुनसक्ने उनले जनाए । उनले भने, ‘चाइनिज मान्छेलाई आकर्षित गर्नको लागि उनीहरुको रुचीका विषय फिल्ममा समावेश गराउन सकिन्छ । धेरै चाइनिजहरु हिमाल आरोहण जस्ता साहसिक खेलका लागि नेपाल आउने गर्छन् । फिल्ममा त्यस्ता सामग्री समावेश गर्दा उनीहरुको लागि रुचिकर हुनसक्छ ।’

व्यवसायिक फिल्म एकदिन पुराना हुने र कलात्मक रुपमा बनाइएका फिल्म सधैँ ताजा रहने बताउँदै राम्रो फिल्म बनाउनका लागि विषयवस्तु छनोट सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए । महोत्सवको अन्तिम दिन लक्ष्मण सुनार निर्देशित नेपाली फिचर फिल्म बुलाकीसहित स्पेन, ब्राजिल, अमेरिका, चिन, बंगलादेश, जापान, इरान लागायतका देशका डेढ दर्जन फिल्म प्रदर्शन भएका छन् । महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड तथा छायां सेन्टर, लबिम मल, सिभिल मल र भाटभटेनी भक्तपुरमा रहेका क्युएफएक्सका हलमा चैत १ गतेदेखि सुरु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्