आशा जगाउन सकिएन भने देश अप्ठेरोमा जाने खतरा : प्रधानमन्त्री दाहाल

<span class='c1'>आशा जगाउन सकिएन भने देश अप्ठेरोमा</span> <span class='c2'>जाने खतरा : प्रधानमन्त्री दाहाल</span>

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणबाट पनि जनतामा आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा रहेको टिप्पणी गरेका छन् ।

मंगलबार सत्ता साझेदार दलका ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा आशा र विश्वास जगाउनुको विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘जनतामा आशा र विश्वास जगाउनुको विकल्प अब हामीसँग छैन । यो नयाँ राजनीतिक समीकरण र यो संकल्पले पनि जनताका लागि डेलिभरी भएन, जनातामा नयाँ आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा छ ।’ नयाँ सत्ता समीकरण आफ्नो प्रधानमन्त्री पदको कारणले नभइ जनताको विकास र समृद्धिको आकांक्षा र आवश्यकताको आधारमा बनेको प्रधानमन्त्री दाहालको दाबी थियो ।

उनले भने, ‘यो नयाँ समीकरण प्रधानमन्त्रीका रुपमा मेरो पदको कारणले बनेको छैन । जनताको विकास र समृद्धिको आकांक्षा अझ सम्बोधन गर्ने र जनताका आवश्यकतासँग यो समीकरण सम्बन्धित छ ।’
नयाँ मन्त्रिपरिषद् गठन भएलगत्तै धेरै राम्रा कामहरु भएको उल्लेख गर्दै उनले सडकमा आन्दोलन गर्ने लद्युवित्त पीडितदेखि माइतीघरमा आन्दोलन गर्ने कयौंका समस्या समाधान गर्ने प्रक्रिया सुरु भएको बताए ।
उनले भने, ‘केही दिनभित्रै राम्रा कामहरु अघि बढेका छन् । सडकमा आन्दोलन गर्ने लद्युवित्त पीडित होस् या माइतीघरमा आन्दोलन गर्ने कयौंका समस्या समाधान गर्ने प्रक्रिया सुरु भएको छ । सुशासन, सामाजिक विकास र न्यायका सम्बन्धमा सरकारले गति लिएको छ । सत्ता समीकरण फेरिएपछि जनतामा केही सकारात्मक सन्देश दिन थालेको छ । फेरि एकचोटि कामद्धारा र परिणामद्धारा सुशासन र समृद्धिको यात्राद्धारा जनताको भरोसा जित्नु छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्