गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सुजता डि.सि. 'राजकुमारी'
आफ्नै घरमा बन्नुपर्छ आलोचित अचम्म लाग्छ
हाड छालाको सरीर किन आकर्षित अचम्म लाग्छ

सहारा बन्ला भनि जन्म दिई हुर्काई बढाईयो
तिनै सन्तान बाट छ्न अपमानित अचम्म लाग्छ

नियम बन्यो समेट्ने भनि बच्चा बुढा युवा सबै
तर,रह्यो मात्रै कागजमा सिमित अचम्म लाग्छ

द्वन्द भयो गुमाए आफ्ना कसलाई सुनाउ दुख
मेरै खुट्टा गुम्यो मै बने आरोपित अचम्म लाग्छ

धेरै भयो सिन्दुर नलगाएको छुट्टाछुट्टै भयो घर
भुल्न खोज्छु झन ताजा बन्छ अतित अचम्म लाग्छ

देश बनाउछु सुख दिन्छु भन्दै मागेको हो भोट
चुनाब लगतै सपना भयो बिपरीत अचम्म लाग्छ

जो दिन रात देश घटाउदैछ पुर्व पश्चिम सिमानामा,
उसैको मुल नारा सूनिन्छ देश लक्षित अचम्म लाग्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्