धनगढी उपमहानगरका प्रमुख हमालको छोरी सम्पर्कमा आइन्

<span class='c1'>धनगढी उपमहानगरका प्रमुख हमालको</span> <span class='c2'>छोरी सम्पर्कमा आइन्</span>

विराटनगर। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी चैत १२ गते सोमबारदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएकी प्रमुख हमालकी जेठी छोरी आरती सम्पर्कमा आएकी हुन् ।

प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुकमा बुधबार बिहान स्टाटस लेख्दै छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको उल्लेख गरेका छन् ।

प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् :
‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ हमालले लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाइ दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्