झापा । झापाको बुद्धशान्ति गाउँपालिका-१ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ वर्षीय श्याम सुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।