सुनको मूल्यमा बिहीबार पुनः नयाँ रेकर्ड कायम

<span class='c1'>सुनको मूल्यमा बिहीबार पुनः</span> <span class='c2'>नयाँ रेकर्ड कायम</span>

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय १० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्