गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दीपा तिम्सिना
छोरो पनि आज हेर बाबुतिर नै गएको छ
जुन थालमा खायो त्यही थालमा चुठेको छ

वर्षौं लगाएर बनाएका हुन् त्यत्तिको
बिर्सिएर ममता आफ्नै मुटु छुटेको छ

ऊ जन्मिँदाको पीडा मनमा छ आजपनि
छोडेको छ हाम्रो साथ मन दुखेको छ

आफ्ना नै रहेछन् धोकाको खेती गर्ने
बन्चरोको चोटले त्यो रुख सुकेको छ

उसैले मात्र बुझ्दो रहेछ सङघर्ष जीवनमा
जसले बाँच्नकै लागि पसिना बेचेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्