ईश्वर साना किसान कृषि सहकारीद्वारा नि:शुल्क दन्त परिक्षण शिविर

<span class='c1'>ईश्वर साना किसान कृषि सहकारीद्वारा</span> <span class='c2'>नि:शुल्क दन्त परिक्षण शिविर</span>

विराटनगर । ६७ औँ राष्ट्रिय सहकारी दिवस, २०८० को अवसरमा ईश्वर साना किसान कृषि सहकारीले नि:शुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको छ।

शनिबार सहकारीले विराटनगर ओरो डेन्टल केयरको प्राविधिक सहयोगमा नि:शुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको हो।

दन्त विशेषज्ञ डाक्टर स्मिता भगत र डाक्टर विवेक कुमार मेहताको टोलीले ५० जना भन्दा बढी दन्त समस्या भएका व्यक्तिहरुको जाँच गरेका थिए । शिविरमा परिक्षणका क्रममा दाँत सम्बन्धी विभिन्न समस्या देखा परेका बिरामीहरुलाई ३० देखि ५० प्रतिशतसम्म छुट सुविधामा विराटनगर ओरो डेन्टल केयरमा उपचार हुने ईश्वर साना किसान कृषि सहकारी संस्था लि.का व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए।

सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना भएको उक्त शिविरमा सदस्य तथा समुदायका जेष्ठ नागरिक लगायतले लाभ लिएका ईश्वर साना किसान कृषि सहकारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्