स्थानीय चुनावलाई प्रयोग गर्न खोज्दा चन्द समूहमा समस्या

<span class='c1'>स्थानीय चुनावलाई प्रयोग गर्न</span> <span class='c2'>खोज्दा चन्द समूहमा समस्या</span>

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन् । अन्य दलहरुभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए ।

काठमाडौंमा सोमबार आयोजित शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरुले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएकोउनले स्वीकार गरे ।

उनले भने ‘हामीले खासगरी स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको कुरा साँचो हो । म देशैभर हाम्रा नेता कार्यकर्ता भेट्छु । अरूको र हाम्राबीचमा धेरै फरक छ। हाम्रो नेता कार्यकर्तामा आत्मविश्वास छ। लडिन्छ र गरिन्छ भन्ने छ ।देशलाई आपत् पर्दाको दिन जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपासँग छ।’जनताको न्यायका लागि विद्रोह गर्ने अधिकार नेकपासँग रहेको भन्दै उनले जनताको असली प्रतिनिधि गर्ने हिसाबले दृष्टिकोण पनि रहेको पनि दाबी गरे ।

उनले भने,‘हामी सक्छौं भन्ने पूरा आत्मविश्वास छ। हामीले के भनेका छौं भने हामीसँग अधिकार छ जनताको न्यायको लागि विद्रोह गर्ने। अधिकार जहिले पनि हुन्छ नि । जनताको असली प्रतिनिधि हामी हौंभन्ने हिसाबले हामीसँग दृष्टिकोण पनि छ।’

महासचिव चन्दले पार्टीको आदेशमा पुरानै तरिकाले राजनीतिक नचल्ने भन्दै देशका सबै कम्युनिष्टहरु एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्