शून्य समयः ‘बिचौलियाले किसानलाई दुःख दिए’

<span class='c1'>शून्य समयः ‘बिचौलियाले</span> <span class='c2'>किसानलाई दुःख दिए’</span>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गरेका छन् ।

आज बुधबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्ने गरी बजेट निर्माण गर्न माग गर्दै दुधको मूल्य तत्काल भुक्तानीमा पहल कदमीमा लागि कृषि मन्त्रीसँग आग्रह गरे ।

उनले भने,‘यो देश कृषिप्रधान देश हो । सरकारले बजेट निर्माण गर्दैछ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषि मन्त्रीले पहल कदमी लिनुहोस् भनेर माग गर्न चाहन्छु ।’उनले बिचौलिया हावी भएको कारण किसानहरुले रासायनिक मल पाउन कठिनाई भएको बताए । सांसद बर्तौलाले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गरे ।

उनले भने,‘खेतिपातीको सिजन सुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा पनि सहजता भइरहेको छैन् । विचौलियाहावी भइरहेको छन् । त्यसैले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्