गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

<span class='c1'>गुजरातलाई ८ रनले</span> <span class='c2'>हराउँदै नेपाल फाइनलमा</span>

काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

अगामि जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो ।

नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन बनाए ।
नेपालका लागि सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान दुई/दुई विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । कुशलले ६७ रन र आसिफले ८५ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्