कोशी प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गरिने

<span class='c1'>कोशी प्रदेशको विभिन्न जिल्लामा</span> <span class='c2'>दोभाषे परिचालन गरिने</span>

विराटनगर । राष्ट्रिय बहिरा संघ कोशी प्रदेश समितिले प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गर्ने भएको छ ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा कोशी प्रदेशको विभिन्न जिल्लामा १५ जना दोभाषे परिचालन गर्ने भएको हो ।

स्वास्थ्य संस्था , सरकार तथा गैरसरकारी कार्यालयहरुमा बहिरा नागरिकहरु संचारको पहुँचबाट बञ्चित नहोस् भनी कार्यक्रम सञ्चालनमा ल्याएको र यस्तो कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेश समितिले परिचान गरि सञ्चालनमा ल्याउने राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।

प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गरिने विषयमा प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष ओझाबीच सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्