उपनिर्वाचन : उम्मेदवारविरुद्ध दाबी विरोध आज

<span class='c1'>उपनिर्वाचन : उम्मेदवारविरुद्ध</span> <span class='c2'>दाबी विरोध आज</span>

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ ।

आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ । उपनिर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयन दर्ताअन्तर्गत इलाम–२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

मतदान भने बैशाख १५ गते विहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्