मणिराम दाहाल
सुन्दरहरैँचा । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
उवासकाे नयाँ कार्य समितीमा सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल,वाणिज्य उपाध्यक्षमा उज्वल थापा अन्तराष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल महासचिवमा हरि कार्की चयन भएका छनृ । तेसै गरि उपमहासचिव रामकृष्ण खड्का उद्योग सचिवमा शारदाप्रसाद ढकाल वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव),एसोसिएट सचिवमा मनोज गुरागाई कोषाध्यक्षमा कृष्णप्रसाद ओझा लेखा समिति संयोजकमा रुद्र थापा लेखा सदस्यमा धरणीधर दाहाल र कृष्णप्रसाद आचार्य चयन भए ।
साथै खुल्ला सदस्यहरुमा माधव शिवा,मोहन पोख्रेल,नवराज खरेल,गोपाल फुयाल ,टिकाबहादुर कडेल,प्रदिप मास्के महिला सदस्यहरुमा यसोदा चापागाईं ,अनिता अधिकारी,पदमा भट्टराई खुद्रा व्यवसायी संघबाट कृष्णप्रसाद पराजुली होटल तथा पर्यटन सदस्य संघबाटआकाश दुलाल,सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल निर्वाचित भएका छन् ।
निर्वाचन समितीले निर्विरोध निर्वाचित भएको घोषणा गर्दै सबै पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत पदाधिकारी चयन भएको निर्वाचन समितीका संयोजक रामप्रसाद गजूरेलले जानकारी दिए । उवासकाे अध्यक्षमा निर्वाचित भएका कार्कीले व्यपार व्यवसायमा देखिएकाे समस्याकाे सावधानमा पहल गरि युवाहरूलाई व्यावसायिक बनाउँने , भाडाबृद्वि दरलाइ तत्काल राेक्ने साथै आर्थिक तनावकाे अन्त्य गर्ने खालकाे तालिम गाेष्टी सञ्चालन गरि अघि बढ्ने लगायतकाे आफ्नाे याेजना रहेको बताए ।