विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ।
विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो ।
तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सान्दर्य कला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिमले ठूलो सहयोग पुर्याउने बताइन् । तालिममा सिकेको कुराहरु व्यर्वहारमा उतारेर महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत रहेका थिए । ‘समृद्धिका लागि सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ उक्त तालिम सुरु भएको छ।