विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ ।
आइतबार गठबन्धन दलका नेताहरूबीच छलफल सुरु भएको हो ।
बैठक सकारात्मक भएको र चाँडो सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल भएको एमाले संसदीय दलका प्रमुख सचेत रेवती रमण भण्डारीले जानकारी दिए । अन्य दलका नेताहरु काठमाडौ गएको र आएपछि थप नेताहरु सहित बैठक बस्ने सहमति भएर बैठक टुङ्गीएकोउनको भनाई थियो।
बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना साथै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो, दुर्गा चापागाई र जीवन आचार्यको उपस्थिती रहेको थियो ।