कांग्रेस अवरोधका कराण प्रतिनिधि सभा १५ मिनेट स्थगित

<span class='c1'>कांग्रेस अवरोधका कराण प्रतिनिधि</span> <span class='c2'>सभा १५ मिनेट स्थगित</span>

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको छ ।

नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन राख्दै संसद अवरोध गर्दै आएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशिला थिङले संसदीय दलको निर्णयलाई कांग्रेसले कायम राख्ने उल्लेख गरिन । कांग्रेसले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमीरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

मंगलबार ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्काल हुनुपर्ने मागलाई स्वीकृत गरेरै आफ्नो अडान कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्