मधेशी आयोगका सदस्य रेनुदेवी साहले प्रदेश प्रमुख खापुङलाई बुझाइन वार्षिक प्रतिवेदन

<span class='c1'>मधेशी आयोगका सदस्य रेनुदेवी साहले प्रदेश</span> <span class='c2'>प्रमुख खापुङलाई बुझाइन वार्षिक प्रतिवेदन</span>

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज यहाँ वुझाइएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ एवं मधेशी आयोग ऐन, २०७४ को दफा २२ वमोजिम आयोगकी सदस्य रेनुदेवी साहले वार्षिक सम्पादन गरेको कार्यको पाँचौ वार्षिक प्रतिवेदन वुझाउनु भएको हो । प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै आयोगले पहिचान गरेका समस्या हामीसबैको साझा समस्या भएकोले यसको समाधान गर्नु हामीसबैको जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले मुलुक सबैको साझा भएकोले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकतावद्ध बनाउनु लाग्नु पर्नेमा जोड दिनुभयो ।प्रमुख खापुङ्गले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकोले त्यसभित्र रहेर देशका सम्पूणर् जातजातिवीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औल्याउनुभयो ।

आयोगकी सदस्य साहले प्रतिवेदन पेश गर्दै १६ जिल्लाका मधेशीहरुको हकहित,धर्म, संस्कृति र न्यायको लागि कार्य गरेको बताउदै आयोगमा परेका चार सय उजुरीमध्ये महिलाको दाइजो सम्बन्धि धेरै रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्