विराटनगरमा युकेको चार विश्वविद्यालयका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने

<span class='c1'>विराटनगरमा युकेको चार विश्वविद्यालयका प्रतिनिधि</span> <span class='c2'>तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने</span>

विराटनगर । विराटनगरमा युकेको चार विश्वविद्यालयका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

चैत २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म  विराटनगर १० ट्राफिक चोक गणेश बजारस्थित एक्सेस एजुकेशन विराटनगरको कार्यालयमा अन्तरक्रिया कार्यक्रम हुने भएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा जोसुकै पनि सहभागी हुन पाउने एक्सेस एजुकेशन विराटनगर शाखाले जनाएको छ।

युकेको चार विश्वविद्यालयका ४ जना प्रतिनिधिको सहभागीता हुने कार्यक्रममा प्रत्यक्ष भेटेर विद्यार्थीहरुले आफ्नो कुरा राख्न पाउने एक्सेस एजुकेशन विराटनगर शाखाका संचालक सरोज बस्नेतले जानकारी दिए।

उक्त कार्यक्रम कक्षा १२ र ब्याचलर सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको एक्सेस एजुकेशन विराटनगर शाखाले जनाएको छ।

युके अध्ययन गर्न जानका लागि केके प्रक्रिया छन्,युके किन राम्रो,आयल्स/पीटी बिना युके अध्ययनको लागि जान पाइन्छ कि पाइदैन, जान कति खर्च लाग्छ, अध्ययनपछिको क्यारियरको सम्भावना,भिसा प्रक्रिया,छात्रवृत्तिको अवसर लगायतका विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ।

एक्सेस एजुकेशनको बैंकिंग पाटनरको रुपमा कुमारी बैंक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्