राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज

<span class='c1'>राष्ट्रिय सभा उपाध्यक्ष</span> <span class='c2'>निर्वाचन आज</span>

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ ।

आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ । सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षीबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन्।

वर्तमान सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि भागबण्डामा उपाध्यक्ष एमालेले लिने सहमती अनुसार नै घिमिरेलाई साझा उम्मेदवार बनाइएको हो । यसअघि माओवादीबाटै सभा उपाध्यक्षको प्रतिनिधित्व गरेकी उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्