मुटु दिवसमा अवसरमा रङ्गियो विराटनगर

<span class='c1'>मुटु दिवसमा अवसरमा</span> <span class='c2'>रङ्गियो विराटनगर</span>

 प्रेम देवान
विराटनगर १२ असोज । विश्व मुटु दिवसको अवशरमा विराटनगरमा आज विविध कार्यक्रम आयोजना गरिएको छ । मिशन नेपाल, नेपाल हर्ट फाउण्डेशन, लायन्य अफ विराटनगर योङ्गहार्ट तथा जिल्ला युवा संजाल मोरङको आयोजनमा विराटनगरमा आज अलाईभ पद यात्रा गरीएको छ । विराटनगरको नमस्कार होटलमा आज विहानै देखी विभिन्न संघ सस्थाका प्रतिनिधी तथा युवाहरुको बाक्लो मात्रमा उपस्थित रहेको थियो । पदयात्रा विराटनगरको ट्राफिक चोक महेन्द्र चोक शनि मन्दिर हुदै जलजला चोकबाट पुन नमस्कार होटलमा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभामा मुटुरोग विशेज्ञ डा. शंकर प्रसाद अधिकारीले हाम्रो मुटुलाई स्वथ्य राख्न खानपिनमा ख्याल गर्नु पर्ने बताउनुभयो । उहांले मुटुलाई स्वथ्य राख्न दैनिक २० देखी ३० मिनेट हिड्नु पर्नेमा जोड दिए । यसैविच आयोजक संस्थाका संयोजक रंजन कुमार शाही राष्टप्रेमीका अनुसार मुटुलाई स्वथ्य राख्न आफु स्वयम सचेत हुनु पर्नेमा जोड दिए । उनले पछिल्लो समय नेपालमा पनि ७ देखी ८ प्रतिशत नेपालीहरुमा मुटु रोगीहरु भेटिने गरेको बताए । विश्वमा हरेक सेक्टेम्बर २९ तारिखका दिन यो दिवस मनाईने गरीन्छ । यसपाली मुटुमा उर्जा भर जीवनमा शत्ती बढाउ भन्ने मुल नारा तय गरिएको थियो । कार्यक्रममा लायन्स क्लव योङहार्टका अध्यक्ष निस्चल श्रेष्ठ, लायन्स क्लव प्रथम उपाध्यक्ष लिला ढुङ्गेल, संन्जु शाह, कार्यक्रयका प्रायोजक अलाइभ फर्मासिटीकल प्रा.ली विराटनगरका श्याम शाहले बोल्नुभएको थियो । मुटु दिवसको अबसरमा विराटनगरमा अभाव भईरहेको रगतलाई मध्यनजर गर्दै रत्तदान पनि गरिएको मिशन नेपालकी सस्दय अम्बिका घिमीरेले जानकारी दिईन् । मुटु दिवसलाई विराटनगरमा रहेका राष्ट्रिय युवा परिषद, नेपाल रेडक्रस सोसाईटी, सयुक्त टोल नगर समन्वय समिती, लियो डिष्ट्रीक ३२५ एवान्, युवा अभियान, मेरी स्टोप, लियो क्लव अफ विराटनगर योङहार्टको सहकार्यमा करीब एक हजार भन्दा बढीको सहभागीता रहेको युवा संजालका मनिल दाहालले बताए ।
14509422_10207092012127428_458695460_n
तस्वीर: प्रेम देवान/आवर विराटनगर नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्