सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

<span class='c1'>सेयर बजारमा दोहोरो अंकको</span> <span class='c2'>गिरावट, घट्यो कारोबार</span>

काठमाडौं । सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो ।

उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ। आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सीमित रह्यो । हिजो ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो ।
१३ उपसमूहमा व्यापार १.४६ र उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशतको बढोत्तरी छ । अन्य सबै उपसमूह घटेका छन् । सर्वाधिक फाइनान्स उपसमूह २.५० प्रतिशत छ ।

आज १७६ कम्पनीको सेयरमूल्य घट्दा सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ६३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सेयर मूल्य बढेका कम्पनीमा माण्डु हाइड्रोपावर र खानीखोला हाइड्रोपावर छन् । आज उच्च कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा आएको छ । हिमालयको सेयर १२ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै गोर्खाज फाइनान्सको ११ करोड १२ लाख, नेपाल फाइनान्सको ९ करोड ७७ लाख र पोखरा फाइनान्सको सेयर ९ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ ।

सेयरमूल्य घट्दा सर्वाधिक नोक्सानीमा सिंगटी हाइड्रोपावरका लगानीकर्ता रहे । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै वीन नेपाल लघुवित्त, एनआइसी एसिया सेलेक्ट फण्ड-३०, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्तलगायतका सेयरमूल्य घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्