सभामुख घिमिरेबाट संसद अधिवेशन अन्त्यको घोषणा

<span class='c1'>सभामुख घिमिरेबाट संसद</span> <span class='c2'>अधिवेशन अन्त्यको घोषणा</span>

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।

आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए ।

उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु ’यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराएका थिए ।

उनले भने,‘संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्य २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्