उद्घाटन खेलमा वडा नम्बर ३ बिजयी

<span class='c1'>उद्घाटन खेलमा वडा</span> <span class='c2'>नम्बर ३ बिजयी</span>

विराटनगर, १४ असोज 14522383_773242542818403_2144223933_o
विजय धिमाल वडादशैं तथा शुभदिपावलीको अवसरमा मोरङको राजघाटमा आयोजित अन्तर वडास्तरीय नकाउट फुटवल प्रतियोगिताको शुक्रवार भएको उद्घाटन खेलमा वडा नम्बर ३ विजयी भएको छ । अरनिको उच्च मावि राजघाट दुर्गापुरीको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ लाई ३—१ गोल अन्तरले पछि पार्दै वडा नम्बर ३ बिजयी भएको हो । जितसँगै वडा नम्बर ३ सेमिफाईनलमा समेत प्रवेश गरेको छ । राजघाट —३ को जितको लागि सुरज चौधरीले २ र सन्जोक राईले १ गोल गरेका थिए । वडा नम्बर ४ बाट सुनिल चौधरीले सान्तवना १ गोल गरे । वडा नम्बर ४ बाट सान्त्वना गोल गर्ने सुनिल चौधरी नै खेलको म्यान अफ द म्याच घोषित भए । राजघाट समाज हङकङका अध्यक्ष टिका लिम्बूले म्यान अफ द म्याच खेलाडीलाई पुरस्कार दिनुभयो । भोली शनिवारको खेल वडा नम्बर ५ र १ बिच हुने आयोजक राजघाट स्पोपोर्टिङ फुटवल क्लवका अध्यक्ष कैलाश थापा मगरले जानकारी दिए । वडा स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी राजघाट गाविस सचिव नबराज पराजुली गरे । पराजुलीले यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै क्लवको सफलताको कामना गरे । कार्यक्रममा राजघाट हङकङ समाजका अध्यक्ष टिका लिम्बू,सदस्य खड्ग चोङबाङ, नेकपा एमाले राजघाट अध्यक्ष कुलबहादुर कार्की,नेपाली कांग्रेस राजघाट गाउँ सभापति बाबुराम बुढाथोकी, समाजसेवी नारायण बस्नेत, समिर तुम्बाहाम्फे,पत्रकार हरि कोईराला, लगायतले बोले । खेलको विजेताले नगद २० हजार ट्रफि,प्रमाणपत्र मेडल र उपविजेताले नगद १२ हजार ट्रफि प्राप्त गर्ने आयोजक टिमका सचिव तेजन खड्काले दिए ।

तस्विरहरु :
14550737_773242532818404_788805436_o
14522574_773242536151737_1837639606_o14522450_773242519485072_120198977_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्