बेलवारी फुटबल क्लब फाईनल प्रवेश

<span class='c1'>बेलवारी फुटबल क्लब</span> <span class='c2'>फाईनल प्रवेश</span>

विराटनगर, असोज १५
मोरङको बेलवारी ११ कसेनी बोराबाँधमा जारी पुर्बाञ्चल स्तरीय नक आउट फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बेलवारी फुटबल क्लब बेलवारी मोरङ र होराईजन युथ क्लब धरान सुनसरी बीच भएको खेल बेलवारी ५-१को भारी गोल अन्तरले बिजयी हुँदै फाईनल प्रवेश गरेको छ, बेलबारीका तर्फबाट कमश,१४ औं मिनेटका जर्सी नम्बर ५ का सनम धिमाल,२० औं मिनेटमा जर्सी नम्बर ७ का विशाल कार्की,२२ औं मिनेटमा जर्सी नम्बर १३ का बिबेक पौडेल, दोस्रो हाफको २० औं मिनेटमा जर्सी नम्बर १९ का बिनोद अधिकारी,तेस्सै गरि अतिरिक्त समयको अन्तिम मिनेटमा बेलवारीकै जर्सी नम्बर १८का राजकुमार राईले गोल गर्दै राई नै म्यान अफ दि म्याच घोषित भए,धरानले भने सान्त्वना गोल दोस्रो हाफको १० औं मिनेटमा जर्सी नम्बर १०का अम्बर लिम्बूले गोल गरेका थिए,शुक्रबारको प्रमुख अथिती नेपाली कांग्रेसका बेलवारी नगर सभापति शम्भु भटट्टराई रहेका थिए,सनिवार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक बोराबाँध फुटबल क्लब र एकता फुटबल क्लब बीच खेल हुने क्लबका सदस्य मिलन राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्