नयाँ वर्ष

<span class='c1'>नयाँ</span> <span class='c2'>वर्ष</span>

-शारदा भट्टराई
डाँडा पर्वतले अनन्त युगको साक्षी बसे झैँ गरी
खोल्साका जलले थकान नलिई खोल्दैछ साँचो सही
झाडी जङ्गल चञ्चले मन लिँदै गर्दैछ यो कामना
मैले यो नववर्षमा हजुरमा बाँड्दैछु सद्भावना

पानी झर्छ सधैँ मुहान पथमा रोकिन्न कस्तै गरे
हावा पूर्ण प्रवाह दिन्छ भवमा रोकिन्न जस्तै परे
गानाले अनि कोयली विपिनमा गर्दैछ त्यो कामना
मैले यो नववर्षमा हजुरमा बाँड्दैछु सद्भावना

हाम्रा संस्कृति पर्व छन् नजरमा ऐना सरी झल्झली
उस्तै मौलिक पर्वले नजिकमा नाच्दैछ नाना थरी
डाँफेले पनि भन्न सक्छ स्वरमा गाना सँगै कामना
मैले यो नववर्षमा हजुरमा बाँड्दैछु सद्भावना

न्यायीले पनि न्याय गर्न सकिने बाटो समात्दै छ रे
निर्धाको मन घाउ झैँ मलमले सेकेर हेर्दै छ रे
एकाएक सबै मिलेर रहने बाटो बनोस् कामना
मैले यो नववर्षमा हजुरमा बांड्दैछु सद्भावना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्