-दीपा तिम्सिना
कताबाट सुल्झाऊ खै बसे समस्या घोर बनेर
निर्णय लिन सकिँन आफू आफै कठोर बनेर
हिजो ज्यान दिन त तयार भएको थिएँ म नै
तिम्रो जित हुन्छ भने बस्नेछु सधैं कमजोर बनेर
उडेको पन्छी हेरेर कल्पना गरिरहेँ जिन्दगीको
स्वतन्त्रता हरायो कल्पनाको घर नै खोर बनेर
पहिले त मुटुको टुक्रा हिरा थिए त्यो मनको
निस्कनु पर्यो आज उहिवाट फेरि फेहोर बनेर
छुटे पछि सम्बन्ध केही माग्दैछु हात जोडेर म आज
फिर्ता देऊ मेरो सर्वस्व जुन लगेको छौ दिल चोर बनेर