आज तीन प्रदेशमा हल्का वर्षा हुने, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना

<span class='c1'>आज तीन प्रदेशमा हल्का वर्षा हुने,</span> <span class='c2'>लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना</span>

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र कोशी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आइतबार राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानका एवं लुम्बिनी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्