फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड !

<span class='c1'>फिल्म ‘मेयर’को एउटै दृश्यका लागि</span> <span class='c2'>११ हजार मान्छेको भीड !</span>

काठमाडौं । छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ ।

निर्देशक खनालले सोचेभन्दा कम्फर्ट जोनमा फिल्मको छायांकन गरिएको बताए । एउटै दृश्यका लागि ११ हजार भन्दा बढी भीड जम्मा गर्नु फिल्मको प्रमुख उपलब्धि रहेको दीपेन्द्रको दाबी छ । ‘राजनीतिक विषयको फिल्ममा यति धेरै भीड नेपाली फिल्ममा पहिलो पटक देखिनेछ । नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले फिल्मको प्रोडक्सनलाई रिच बनाएको छ’, उनले भने ।

फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । उनी मेयरको चरित्रमा छन् । फिल्ममा उनी बाहेक वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

फिल्मबाट निर्माताको रूपमा श्रृष्टिमा खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् । फिल्मको कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ । फिल्मको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमा खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्