कालोबजारी नियन्त्रण गर्न सरकारी पम्पहरुको संख्या बढाउने सरकारको तयारी

<span class='c1'>कालोबजारी नियन्त्रण गर्न सरकारी पम्पहरुको</span> <span class='c2'>संख्या बढाउने सरकारको तयारी</span>

प्रबिन दाहाल

काठमाण्डौ

सरकारले काठमाडौंमा सरकारी संस्थान र सुरक्षा निकाय अन्तरगत थप २० वटा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । अहिले काठमाडौं उपत्यकामा ११ वटा सरकारी संस्थान तथा सुरक्षा निकायका पम्प सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले विभिन्न बाहनामा कालोबजारी गर्ने र हड्तालमा उत्रन थालेपछि सरकारले तेलको बजारमा नियन्त्रण गर्न सरकारी पम्पहरुको संख्या बढाउन तयारी थालेको हो । यसमा सहकारी संघसंस्थालाई पनि प्रयोग गर्न सकिने निश्कर्षमा सरकार पुगेको श्रोतले बताएको छ ।
आपूर्ति मन्त्रत्रालयसहित तीनै वटा सुरक्षा निकाय,नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, साझा, आयल निगम, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ लगायतका प्रतिनिधिहरुबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अब राजधानीमा खुल्ने पम्पको क्षेत्रफल कम्तिमा १० रोपनी राख्ने र त्यसबाट लामो लाइन बस्दा पनि सहज रुपमा तेल दिने वातावरण बनाउने सहमति भएको छ ।
सरकारले सुरक्षा निकाय र सहकारीलाई मुलुकको ७५ वटै जिल्लामा पेट्रोल पम्प सञ्चालन गर्न दिने बताएको छ । बैठकलेसुरक्षा निकायलाई दुई सय ५० पेट्रोलियम तेल ट्यांकर राख्न दिने निर्णय गरेको छ । यी निकायलाई दुई हजार टन क्षमताका ग्यास बोटलिङ प्लान्ट राख्न दिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्