गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सरू आचार्य (दुलाल )
स्पर्श गरि गरि फूलको बयान
को गर्दैछ यसरी फूलको बयान

हुँदैछ बरु बिना फूलको बगैंचामा
फूलहरु नमरी फूलको बयान

गरी दिएँ भनें झनै कस्तो देखिएला?
घुमेर वरीपरी फूलको बयान

फुली सक्यो फूल, अब सकियो
हुँदैन घरीघरी फूलको बयान

गरि रहे जीवन भर फुलिरहन्थ्यो
हाँगा बाट नझरी फूलको बयान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्