विराटनगर । पूर्वका चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री)ले विराटनगरको एक सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन्।
विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' मातातीर्थ औशी(आमाको मुख हेर्ने दिन) को अवसरमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका हुन् ।
बोके दाह्रीको सांगितिक कार्यक्रम हेर्नको लागि प्रेवश नि:शुल्क रहेको हुँदा जोकोही पनि आउन सक्ने ह्यापी आवर हेभेनले जनाएको छ।
‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत दर्शकको मनमा बस्न सफल छन्। गीतमा हाँसो सँगै चेतना पनि मिसाउन माहिर लुईटेलको ‘सुनको सिक्रि’ गीत समेत चर्चित रहेको छ।
‘ए बाउ किन्देउन भटभटे’ गीत सबैको मुखमा झुण्डीएकै हुन्छ,बोके दाह्रीको गीतलाई धेरैलाई मन पराउने गरेका छन्।
साँझ ६ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा बोके दाह्रीले प्रस्तुति दिने ह्यापी आवर हेभेनले जनाएको छ। ह्यापी आवर हेभेनले साँझको समयमा साङ्गीतिक कार्यक्रम गर्दै आएको छ।