भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

<span class='c1'>भारतको निर्वाचनले जनकपुर–जयनगर रेल</span> <span class='c2'>७२ घण्टा बन्द</span>

जनकपुर । भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताए । ‘यही जेठ ०५ गते शनिवार देखि ०७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा – जनकपुर – जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ । ०८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रुपमा रेल सेवा सञ्चालनमा आउने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्