मिल्स क्रिकेट : होराइजन र वाइआरसीसी फाइनलमा भिड्दै

<span class='c1'>मिल्स क्रिकेट : होराइजन</span> <span class='c2'>र वाइआरसीसी फाइनलमा भिड्दै</span>

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि - २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । उपाधिको लागि उनीहरू मंगलबार दिउँसो १ बजे भिड्नेछन् ।
यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगिसेको छ ।

आइतबारको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्यो । फाइनमा पुर्याउन होराइजनका ओपनर सन्तोष कार्कीले आक्रमक ब्याटिङ गरे । उनले अविजित ५३ बलमा ७५ रन बनाए । उनले ७ छक्का र ४ चौका हिर्काए । सर्वोधिक रन बनाउने सन्तोष प्लेर अफ द म्याच घोषित भए । दिपेश कन्डेलले १५ बलमा ३० रनको योगदान दिए । उनले २ छक्का र ३ चौका हिर्काए । सोनु अन्सारी र धिरेन शाक्यले समान १८-१८ रन बनाए ।
कटिहारका भानु आनन्द र अशोक कुमारले समान २-२ विकेट लिए । अजित राजले १ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो । कटिहारका करण कुमारले ३८ बलमा ७४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिए ।
होराइजनका फिरोसजन अन्सारी र श्रवणर् किस्कुले समान ३-३ विकेट लिए । अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्