त्रिशूलीमा बस खस्दा एकको मृत्यु, नौ गम्भीर घाइते, एक बेपत्ता

<span class='c1'>त्रिशूलीमा बस खस्दा एकको मृत्यु,</span> <span class='c2'>नौ गम्भीर घाइते, एक बेपत्ता</span>

चितवन। काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको रात्रि बस मङ्गलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौजना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एकजनाको भरतपुरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एक बेपत्ता भएका छन् । यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ कालीखोलामा आज बिहान सवा १ बजे अज्ञात सवारी साधनले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । अन्दाजी १८ वर्षीया ती युवतीको पहिचान खुल्न नसकेको र सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्