विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई पासपोर्ट भएका गृहमन्त्री रवि लामिछानेले कानुनी उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
प्रेस युनियन कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट दिन नमिल्ने बताएका हुन् ।
गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएपनि उनलाई छुट दिएर कान्तिपुरका अध्यक्ष कैलास सिरोहियालाई नियन्त्रण गर्ने कार्य गलत भएको उनको तर्क थियो ।
कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्ने मनसाय प्रेरित रहेको बताएका छन् ।