‘चलचित्र महोत्सव’ अन्तर्गत पाँचौ दिन विराटनगरमा चलचित्र कार्यशाला सुरु

<span class='c1'>‘चलचित्र महोत्सव’ अन्तर्गत पाँचौ दिन</span> <span class='c2'>विराटनगरमा चलचित्र कार्यशाला सुरु</span>

विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तर्गत अभिनयमा रुचि राख्ने व्यक्तिहरुलाई अभिनय सम्बन्धी कार्यशाला सुरु भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । विराटनगरकोा ईष्र्टन स्टार होटलमा जारी कार्यशालालाई फिल्म निर्देशक तथा रंगकर्मी भोलाराज सापकोटाले प्रक्षिक्षण दिनुभएको छ ।


कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेस्यले आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव गत जेठ ६ गतेबाट कोशी प्रदेशमा सुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको व्यावस्थापनमा आयोजित महोत्सवमा ४ दर्जन बढी लघु , बृत्त, फिचर फिल्महरु पुर्वका विभिन्न हलहरुमा निशुल्क प्रदर्शन गरिएको छ । यस अघि चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध अन्तक्रिया लगायतका कार्यक्रमहरु भएका छन् ।

यसैविच भोली जेठ ११ गते पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र संगिता श्रेष्ठले नेपाली चलचित्रमा महिला अन्तक्रिया कार्यक्रम रहेको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिनुभयो ।


साथै ६ दिने चलचित्र महोत्सवको समापन भोली जेठ ११ गते शुक्रबार विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच समापन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्