विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा ताला लगाएर कर्मचारी तथा जनप्रतिनिधि भ्रमणमा निस्किएका छन् । बिहीबार बुद्ध जयन्तीको विदाको अवसर पारेर वडा कार्यालयका सबै कर्मचारी तथा एकजना बाहेक बाँकी जनप्रतिनिधि दार्जिलिङतर्फ लागेका हुन् ।
कार्यालय परिसर गर्ने मुख्य गेट तथा कार्यालय प्रवेश गर्ने ढोका दुवैमा तालाबन्दी गरिएको छ । बिहीबार सबै भ्रमणमा निस्केपछि शुक्रबार कार्यालय समय अवधीभर सेवाग्राही आउँदै ताला चलाउँदै फर्केका छन् ।
वडा सदस्य कुशेश्वर राजबंशीका अनुसार बिना सुचना सबै जना घुम्न लागेपछि सेवाग्राही सेवाबाट बन्चित भएका छन् । वडा अध्यक्ष काम विशेषले बाहिर बसेका कारण कार्यवहाकको जिम्मेवारी राजबंशीसँगै थियो । उनले कसैले पनि आफ्नो कुरा नमानेको उनले बताएका छन् । सबै जाने भनेपछि मेरो केहि लागेन, बिहीबार सार्वजानिक विदाको अवसर पारेर उनीहरु हिडेछन्, शुक्रबार कार्यालयमा आउँदा चाबी खोल्ने समेत कोहि छैन, राजबंशीले भने ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले वडा कार्यालयबाट हुने कमकाज ठप्प पारेर हिड्न नमिल्ने भएकोले यस विषयमा आफुले सोधखोज गरिरहेको बताए । प्रमुख कोइरालाले जाने हुँदा समेत यसको प्रक्रिया र विधि मिलाउनु पर्नेमा कामकाज नै ठप्प पारेर हिड्ने काम गलत भएको बताए ।