नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

<span class='c1'>नेपालीको औषत आयु बढ्यो,</span> <span class='c2'>मातृ मृत्युदर घट्यो</span>

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ ।

मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए। २०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प्रतिशत रहेकामा हाल घटेर २० दशमलब ३० प्रतिशतमा झरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, ‘मानव विकास सूचकांक ०.५०५ बाट बढेर ०. ६०२ कायम भएको छ । नेपालीको औसत आयु ६०.७ वर्षबाट बढेर ७१ . ३ वर्ष पुगेको छ ।’
यस्तै नेपालको साक्षरता दर पनि ५८ प्रतिशतबाट बढेर ७६ .२ प्रतिशत पुगेको छ । ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको छ ।

यस्तै पछिल्लो समय शिशु र मातृ मृत्युदरमा पनि केही सुधार भएको छ । ‘संवत् २०६४ मा शिशु मृत्युदर प्रतिहजार जिवीत जन्ममा ८९ जना रहेकोमा हाल २१ मा झरेको छ । पाँच वर्ष मुनिका बाल मृत्युदर प्रतिहजार ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख २८१ बाट १५१ मा झरेको छ,’अर्थमन्त्री पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्